समाचार

भुमिहीन तथा सुकुम्बासीलाई निस्सा वितरण कार्य रोक्न गाँउपालिकामा निकुञ्ज कार्यालयको परिपत्र

मनहरी । मनहरी गाँउपालिका भित्र रहेको भुमिहीन तथा सुकुम्बासीहरुलाई तत्काल निस्सा वितरण नगर्न निकुञ्ज कार्यालयले परिपत्र गरेको छ ।

गाँउपालिकाको केहि वडाहरुमा भुमिहीन तथा सुकुम्बासीहरुलाई निस्सा वितरण कार्य सुरु गरे संगै पर्सा रष्ट्रिय निकुञ्जले तत्काल वितरण कार्य रोक्न मनहरी गााउपालिकालाई सोमबार अर्थात २५ गते सुचना पठाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ बमोजिम निकुञ्ज तथा मध्यवर्ती क्षेत्र भित्रको राष्ट्रियय वन क्षेत्रको जग्गा दर्ता गर्न नपाइने , कुनै व्यक्तिको हक प्राप्त नहुने , र पुर्वाधार विकासको लागि नेपाल सरकारको निर्णय बमोजिम बाहेक भु– उपयोग नहुने भन्दै निकुञ्ज तथा मध्यवर्ती क्षेत्र भित्रको जग्गाको निस्सा वितरण नर्गन पर्सा राष्ट्रिय निकुञ्जले परिपत्र गरेको हो ।

हाल गाउँपालिकाको ७ , ८ नम्बर वडा लगाएत केहि वडाहरुमा निस्सा वितरण गरि सकिएको छ भने अन्य वडामा निस्सा वितरण गर्ने तयारी गाँउपालिकाले गरेको थियो ।

भुमिहीन तथा सुकुम्बासीहरुले लाल पुर्जा प्राप्तका लागि निस्सा वितरण गरिरहेको समयमा निकुञ्जले वितरण कार्यमा रोक लगाउन परिपत्र गरे पछि मनहरीमा लामो समय देखि बसोबास गर्दैै आइरहेका भुमिहीन तथा सुकुम्बासीहरु निरास भएका छन ।

गााँउपालिकाले भुमिहिनहरुलाई लाल पुर्जा वितरणका लागि विभिन्न प्रक्रिया पुरा गरि निस्सा वितरण गरिरहेको बेलामा निकुञ्जले अवरोध सिजर्ना गरे पछि लाल पुर्जा पाईन्छ भनेर आशा गरेर बसिरहेका सुकुमबासीहरुमा झन् पीडा थपिएको छ ।

यस विषयमा मनहरी गाँउपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले निकुञ्जको चिठीले निस्सा वितरणमा कुनै असर नहुने बताए ।

बुधबार नमस्ते मनहरीले यस विषयमा लिएको प्रतिक्रियामा अध्यक्ष कालाखेतीले निस्सा विरतण भनेको भुमिहिन र सुुकुम्बासीहरुको सख्या यकिन गर्नु मात्र रहेको बताउदै निस्सा वितरण नरोकिने बताए ।

त्यसै गरि बागमती प्रदेशका मुख्यमन्त्रि शालिकराम जमरकटेलसंग पनि भुमिहिन सुकुम्बासी निस्सा बितरण सम्बन्धमा निकुञ्जले पारेको समस्याको बारेमा बुधबार सकारात्क छलफल भएको जानकारी दिए ।

मुख्यमन्त्रि जमरकटेलले केन्द्र सरकारसंग आवश्यक समन्वय गरि समस्याको समाधान गरिने प्रतिबद्धता जनाएको अध्यक्ष कालाखेतिीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button