राजनीति

नेकपा (माओवादी केन्द्र) मनहरी गाउँ कमिटिको सम्पर्क कार्यालय उद्घाटन


मनहरी । नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) मनहरी गाउँ कमिटिको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।  शनिबार एक कार्यक्रमको आयोजना गरि नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) बागमती प्रदेश कमिटि सचिवालय सदस्य तथा जिल्ला समन्वय समिति मकवानपुरका सचिव बीर बहादुर घलान (ज्वाला) ले मनहरी –७ मनहरी बजारमा स्थापना गरिएको सम्पर्क कार्यालय उद्घाटन गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र)मनहरी गाउँ कमिटिका अध्यक्ष बीर बहादुर घलान(आनन्द) को सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माआवादी केन्द्र) बागमती प्रदेश सचिवालय सदस्य तथा जिल्ला समन्वय समिति मकवानपुरका सचिव बीर बहादुर घलान (ज्वाला) को प्रमुख आतिथ्यता रहेको थियो ।

त्यसै गरि कार्यक्रममा मकवानवुर जिल्ला समन्वय समिति सदस्य केशब सुवेदी, राम प्रसाद कालाखेती ,  राजकुमार पाख्रीन र वाईसिएल मनहरीका इन्चार्ज इश्वर थापा तथा गाउँ कमिटिका सदस्यहरुको उपस्तीथी रहेको थियो ।

आज बाट कार्यालय सञ्चालनमा आए संगै पार्टीको बिभिन्न गतिविधिहरु सञ्चालन गर्न सहज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button