
मनहरी । मनहरी गाउँपालिका वडा- १ मा वाइसीएल नेपाल वडा कमिटी गठन गरेको छ ।
कर्णबहादुर मुक्तानको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरेको हो ।
उपाध्यक्षमा बिशाल घलान , सचिवमा सुजन थिङ ,कोषाध्यक्षमा बिमला घिमिरे चयन भएको छ ।
त्यसै गरि सदस्यहरुमा बुद्ध लाल थोकर , समीर बिक , शक्ति बुलुन लगाएतका गरि २५ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
वाईसीएल नेपाल मनहरीका अध्यक्ष कृष्ण रुम्बा (झाक्री),को अध्यक्षतामा भएको कार्यक्रम वाइसीएल मनहरीका इन्चार्ज इश्वर थापाको प्रमुख आथित्यता रहेको थियो ।
त्यसै गरि वाइसीएल बागमती प्रदेश कमिटीका सदस्य किरण मुक्तान , माओवादी केन्द्र मनहरीका सह- सचीव तेज राज पाण्डे , लगाएतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।






