खेलकुद

मनहरी -९ को वडा अध्यक्ष कपको विजेता टिमले नगद पुरस्कार नपाएको गुनासो


मनहरी । मनहरी -९ मा रहेको केदारेश्वर युवा क्लवले आयोजना गरेको वडा अध्यक्ष कपको विजेता टिमले नगद पुरस्कार नपाएको भन्दै गुनासो गरेका छन ।

बिहिवार नमस्ते मनहरी डट्कम संग कुरा गर्दै प्रतियोगिताको बिजयी टिम एफ.सि सिमपानीका टिम म्यानेजर राजेन्द्र कुमार मोक्तानले आफ्नो टिमले उक्त प्रतियोगिताको बिजयी बापतको नगद रु -५०हजार पुरस्कार नपाएको भन्दै गुनासो गरेको हो ।
प्रतियोगिता साउन १३ गते सम्पन्न भएको भएको थियो ।उक्त दिन आयोजकले बिजयी टिमलाई सिल्ड , मेडल र प्रमाणपत्र मात्र उपलब्ध गरि साउन -१८ गते पुरस्कार बापतको नगद उपलब्ध गराउने बताएका थिए तर उक्त दिन पनि रकम उपलब्ध गराउन नसके पछि २१ गते सम्म पर्खन आयोजकले पुन:आग्रह गरे पनि हाल सम्म रकम नपाएको बताए ।
प्रतियोगिता समपन्न भएको करिव ३ साता बितिसक्दा सक्दा पनि आयोजक सम्पर्कमा नआए पछी बिजेता क्लब अलमलमा परेको छ । प्रतियोगिता साउन -४ देखि १३ गते सम्म मनहरी – ९ रजैयाको अग्निहोत्राश्रम खेल मैदानमा भएको थियो । प्रतियोगितामा सिमपानी एफसि प्रथम र आयोजक टिम दोस्रो भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button