मनहरी । मनहरी गाँउपालिका वडा नं.–७ विजौना का एक ब्यक्ति मेडिकलबाट उपचार गरी घर फर्केको केहि बेरमै मृत्यु भएको जनाएको छ । शुक्रबार दिउसो १ बजे तिर ज्वरोको उपचार गर्न मनहरीमा रहेको एभर हेल्दी फार्मेसीमा पुगेका थिए । सामान्य चेकजाँच पछि औषधी लिएर घर फर्केका विजौनाका ४७ वर्षिय उमेश ब्लोनले घर पुगेर उक्त फार्मेसीबाट लगेको औषधि सेवन गरेका थिए । औषधि सेवन गरेको केहि समयमा नै ब्लोन अचेत भइ मृत्यु भएको परिवारले जनाएको छ । सामान्य ज्वारो बाहेक अरु समस्या नभएका ब्लोनलाई उक्त फार्मेसीका डा. बिनोद तामाङले चेकजाँच गरि ज्वरोको औषधि (ट्याबलेट) , ग्याष्ट्रिकको औषधि र एन्टिभाइटीक पठाएका थिए ।
ज्वरो बाहेक अरु समस्या नभएको ब्यक्तिको औषधी सेवन गरेको केहि समयमै मृत्यु भए पछि औषधिकै कारणले बिरामीको ज्यान गएको परिवारले आरोप लगाएका छन । यद्यपी औषधि सेवानकै करण मृत्यु भएको हो वा होइन भन्ने कुरा भने पुष्टि छैन । अहिले मृतकका परिवार, फार्मेसी सञ्चालक , डा. , जनप्रतिनिधि र प्रहरी विच संयुत्त, रुपमा छलफल भईरहेको छ । शवलाई मनहरी अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्