मनहरी । नेकपा माओवादी केन्द्रको विशेष अभियान जारी छ । माओवादी केन्द्रको ३ महिने अभियान अन्तर्गत शनिबार मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका -६ खर्खन्डेटारमा टोल कमिटी गठन गरिएको छ ।
बुबिराम प्रजाको अध्यक्षतामा १९ सदस्यीय टोल कमिटी गठन गरिएको हो ।
गठन कार्यक्रम नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी सचिवालय सदस्य बिर बहादुर घलान ( ज्वाला) को प्रमुख आथित्यमा भएको थियो ।
कार्यक्रममा बोल्दै नेता ज्वालाले माओवादीको संघर्षबाट प्राप्त संबिधान र संघियतालाई धरापमा पार्न केहि तत्वहरु बिभिन्न बाहनामा सल्बलाईरहेको बताए ।
जनताको बलिदानबाट प्राप्त संविधान र संघियतालाई असफल बनाउने प्रतिगामिहरुको योजना जनताले तुहाइदिनेमा कुनै संका नरहेको नेता ज्वालाको भनाई छ ।