मनहरी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मनहरी गाउँ कमिटिको पहिलो बिस्तारित बैठक सम्पन्न भएको छ । मनहरी –७ बुद्धशान्ति हरित पार्क परिसरमा बसेको बैठक गाउँ कमिटि अध्यक्ष बीर बहादुर घलान (आनन्द) को अध्यक्षता तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागमती प्रदेश कमिटि सचिवालय सदस्य तथा मकवानपुर जील्ला समन्वय समिति सचिव बीर बहादुर घलान (ज्वाला) को प्रमुअ आतिथ्यतामा बसेको हो ।
बैठकमा बोल्दै ज्वालाले पार्टीलाई सुदृढ र बलियो बनाउन जनतासंग समन्वय गरेर अगाडी बढ्नुको विकल्प नरहको बताए । पार्टीको निति ,बिधि र सिद्धान्तलाई टोल टोल , बस्ति बस्तिमा लगेर जनताले प्रत्यक्ष अनुभुति गर्ने गरि काम गर्न गाउँ कमिटिलाई निर्देशन समेत दिए ।
आज बसेको बैठकले बिभिन्न महत्वपुर्ण निर्णयहरु समेत गरेको छ । जस अन्तर्गत गाउँ कमिटिलाई पुर्णता दिन बाँकी रहेकोमा गोबिन्द घलान ,बसन्त गोपाली,गोपाल पौडेल ,सुरेन्द्र घलान , ध्रुब खड्का र दीपेन्द्र अधिकारीलाई गाउँ कमिटि सदस्यमा मनोनित गर्दै पुर्णता दिएको छ ।
त्यसै गरि आजैको बैठकले ९ वटै वडाको इन्चार्ज समेत तोकिएको छ । जसमा वडा नं.–१ मा बद्री प्रदास उप्रेती वडा नं.–२ मा चन्द्र सिं स्याङतान , वडा नं.–३ मा होत्त प्रसाद अधिकारी ,वडा नं.–४ मा ध्रुब खड्का वडा नं.– ५ मा दीपेन्द्र अधिकारी , वडा नं.–६ मा डम्बर बहादुर मोक्तान वडा नं.– ७ मा सुरेश कुमार मोक्तान, वडा नं.– ८मा राजेन्द्र कुमार मोक्तान र वडा नं.–९ मा बसन्त गोपलीलाई ईन्चार्ज तोकिएको छ ।
त्यसै गरि बैठकले गाउँ कमिटि सचिवालय सदस्यहरुको समेत टुङगो लगाएको छ ।
कार्यक्रममा मकवानवुर जिल्ला समन्वय समिति सदस्यहरु राजकुमार पाख्रिन केशब सुवेदी, राम प्रसाद कालाखेती र वाईसिएल मनहरीका इन्चार्ज इश्वर थापा तथा गाउँ कमिटिका सदस्यहरुको उपस्तीथी रहेको थियो ।