मनोरञ्जन

कैलाश –८ भार्ताकी शर्मिला घलानले अभिनय गरेको म्युजिक भिडियो चर्चित हुदै

मनहरी ।मकवानपुर जिल्लको कैलाश गाँउपालिका वडा नं.–८ भार्तामा जन्मिएकी शर्मिला घलानले पहिलो पटक अभिनय गरेको ‘एकपल्ट भनन –३’ बोलको म्युजिक भिडियोले १.९ मिलियन भ्युज पाएको छ । विशाल निरौला युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोले यो समाचार तयार पर्दा सम्म उक्त भ्युज पाएको हो ।

बुवा गजब सिं घलान र आमा बिष्णु माया घलान,को कोखबाट जन्म लिएकी घलानले पहिलो पटकको म्युजिक भिडियोमै नेपाली चलचित्र क्षेत्रका चर्चित नायक आकाश श्रेष्ठ संग अभिनय गर्ने अवसर पाएकी थिइन् । यसरी चर्चिच कलाकार संगै अभिनय गर्न पाउँदा आफुलाई यो क्षेत्रमा संघर्ष गर्न झनै हौसला मिलेकोे बताए । त्यसका साथै गाँउबाट केहि गर्छु भनि काठमाडौमै रहेर संघर्ष गरिरहेकी घलानले छिट्टै आफु पनि यस क्षेत्रमा स्थापित हुनेमा विश्वास व्यक्त गरिन ।
नयाँ र संघर्षमा रहेका कलाकारहरुलाई दर्शकहरुले कामको आधारमा मुल्याङकन गरि प्रतिक्रिया दियो भने अभिनयमा सुधार गरि अगाडी बढ्न सहज हुने बताए ।


पहिलो पटकको म्युजिक भिडियो मै चर्चिच नायक संग अभिनय गर्न पाउदा आफु ज्यादै खुसि र भाग्यमानी महशुस भएकोे प्रतिक्रिय व्यक्त गरिन् ।
खेम सारु मगरले ले लेखेको यस यस गीतलाई विशाल निरौला र प्रविसा अधिकारीले स्वर दिएका छन भने भिडियोलाई नारायाण मगरले डाईरेक्सन गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button