
मनहरी । आउदो मसिंर ४ गते हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरी शनिबार अर्थात भोलि मनहरीमा लोकतान्त्रिक बाम गठबन्धनको संयुक्त भेला आयोजना गरिएको छ ।
भेलामा मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार तथा नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडा , क्षेत्र नं.२ (ख) का उम्मेदवार तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बाँनिया तथा र क्षेत्र नं. २ (क) का उम्मेदवार तथा नेकपा माओवादी केन्द्रका पोलिटिब्युरो सदस्य कुमारी मोक्तान लगाएतका उम्मेदवारले भेलालाई सम्बोधन कार्यक्रम रहेको छ ।
भेला मनहरी – ९ स्थित अग्निहोत्राश्रममा बिहान ११ः३० बजे हुने छ ।
खास गरी संबिधानको रक्षा , र प्रतिगमनलाई परास्त गर्नको लागि लोकतान्त्रि बामगठबन्धन गरि निर्वाचनमा होमिएको जनाएको छ । यस अघि गठबन्धको सयुक्त भेला राक्सिराङ र कैलाशमा गरी सकिएको छ ।






