समाचार

मनहरीबाट१०९ किलोभन्दा बढी गाँजासहित दुई जना पक्राउ


मनहरी । मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले १०९.०९६ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मिति २०८३ असार ३१ गते बिहान करिब ४:३० बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी गस्ती टोलीले चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च ४८९३ नम्बरको योद्धा पिकअप रोकी जाँच गरेको थियो।
जाँचका क्रममा गाडीको पछाडिको भागमा त्रिपालले छोपेर प्लास्टिकमा बेरिएका १५ वटा पोकामा लुकाई–छिपाई ल्याइएको १०९.०९६ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा पिकअप चालक धादिङ जिल्ला गजुरी नगरपालिका–७ किरानचोक निवासी ४१ वर्षीय सुमन तामाङ तथा सोही गाडीमा सवार १९ वर्षीय ईरोज तामाङ लाई गाँजा र गाडीसहित नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका दुवै जनामाथि इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुर मा लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button