राजनीति

वाईसिएल मकवानपुरको जिल्ला सम्मेलनको तयारी पुरा

मनहरी । नेकपा माओवादी केन्द्र सम्बद्ध युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग (वाईसिएल) मकवानपुरको जिल्ला सम्मेलन वैशाख २२ गते हुने भएको छ।

हेटौँडा–२ स्थित पल्पसा हलमा वैशाख २२ मा ‘उद्यमशीलता नवप्रवर्तन र स्वरोजगारका लागि युवा आन्दोलन,सुशासन समृद्धि सामाजिक न्याय समाजवादको पक्षमा पाँचौँ जिल्ला सम्मेलन भन्ने नाराका साथ वाईसिएल मकवानपुरको जिल्ला सम्मेलन हुने भएको हो ।

बिहीबार पत्रकार सम्मेलन गर्दै वाईसिएल मकवानपुरले जिल्ला सम्मेलनको बारेमा जानकारी गराएको हो। पूर्व उपराष्ट्रपति एवम् माओवादी केन्द्रका उपाध्यक्ष नन्दकिशोर पुन ‘पासाङ’ को प्रमुख आतिथ्ययतामा सम्मेलन हुने वाईसिएल मकवानपुरका संयोजक लवराज ठकुरीले जानकारी दिए।

उनका अनुसार सम्मेलनले युवाहरूको सवाललाई सशक्त रूपमा उठान गरी पार्टी सङ्गठनको नीतिगत तहमा पुर्याउन भूमिका खेल्नेछ ।

सम्मेलनले युवा पलायन,युवाहरूको अवसर, चुनौती र समस्याबारे नीतिगत संवादको थालनी गर्ने उनले बताए । युवाहरूलाई आर्थिक सामाजिक,राजनीतिक तथा सुशासनका मुद्दामा सशक्त ढङ्गबाट अघि बढाउन भूमिका खेल्ने सशक्त जुझारु टिम अबको सम्मेलनले चयन गर्ने सम्योजक ठकुरिले बताउनु भयो। सकेसम्म सहमति बाट नै नयाँ कार्यसमिति चयन गर्ने यदि सहमति नभए लोकतान्त्रिक बिधिबाट नयाँ कार्यसमिति चयन गरिने बताउनु भयो।

अहिले जिल्ला नेतृत्वको लागि पाँच जनाले इच्छा राखेको समेत बताउनु भयो। उनका अनुसार सम्मेलनमा मकवानपुरका १० स्थानीय तहका ४०० प्रतिनिधिहरू सहभागीता जनाउने छन्। उक्त सम्मेलनले ७१ सदस्यीय सहित ११ पदाधिकारीको नयाँ कार्यसमिति समेत गठन गर्ने उनको भनाइ छ ।

पछिल्लो समय वाइसिएलमा युवाहरूको आकर्षण बढेको र युवा परिचालनलाई ध्यानमा राखेर नयाँ कार्यसमिति तयार गरी अघि बढ्ने तयारी गरिएको उनले बताए।

सम्मेलन आयोजनाका लागि ६ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको उनले बताए । उक्त खर्च व्यवस्थापन आन्तरिक श्रोत बाट प्रतिनिधिहरु मार्फत संकलन गरिनेछ भने जिल्ला समिति र स्थानीय तहका नेतृत्वबाट पनि आर्थिक लगाएत अन्य सहयोग लिने उनले बताए।

हाल जिल्ला समितिमा २५ र स्थानीय तहका नेतृत्वको विभिन्न पदमा ३१ जना रहेका छन्। वाईसिएल मकवानपुरमा हाल २ हजार भन्दा बढी सङ्गठित सदस्यहरू रहेको उनले बताउदै सम्मेलनको सम्पुर्ण काम पूरा भएको समेत बताउनु भयो।

कार्यक्रममा जिल्ला सम्योजक भिम पाख्रीन, फ्याक्स इन्चार्ज बिबेक राई,वाईसियल केन्द्रिय सचिब सुमन पाख्रीन वाईसियल मकवानपुर जिल्ला सचिब मुक्ति लामा लगाएतकको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button