
मनहरी । योङ कम्युनिष्ट लिग (वाइसीएल) मनहरी गाउँपालिका कमिटीको अध्यक्षमा कृष्ण रुम्बा (झाँक्री) चयन भएका छन । मनहरी –९ रजैया अग्निहोत्राश्रममा शुक्रबार भएको छैटौँ गाउँ सम्मेलनले झाँक्रीलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।
उपाध्यक्षमा राजन गिरी, शुकराम मुक्तान र अभि राना प्रजा चयन भएको छ । त्यसैगरी सचिवमा अमन लामा, सहसचिवमा जीवन बिष्ट, कोषाध्यक्षमा अमृता सुवेदी चयन हुनु भएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रीय सदस्य घनश्याम दाहाल, बागमती प्रदेश उपाध्यक्ष एबम् सांसद प्रेमबहादुर पुलामी, बागमती प्रदेश सचिवालय सदस्य बीरबहादुर घलान ज्वाला, जिल्ला पार्टी संयोजक सर्केश घलान, ज्येष्ठ कम्युनिष्ट मञ्च केन्द्रीय सदस्य रामहरि सुवेदी, मनहरी इन्चार्ज राजकुमार पाख्रीन, मनहरी गाउँ कमिटी अध्यक्ष रामप्रसाद कालाखेती, वाइसीएलका नेता एबम् ५ नं वडाध्यक्ष दीपेन्द्र अधिकारी, वाइसीएल जिल्ला अध्यक्ष लवराज ठकुरी, सचिव मुक्ति लामा, मनहरी इन्चार्ज इश्वर थापा (थापाकाजी) लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।






