मनहरी । राष्ट्रिय युवा संघ नेपाल मनहरी गाउँ कमिटीको दोश्रो अधिवेशनको तयारी पूरा भएको छ ।
शुक्रबार मनहरी -७ रोटरी मार्केटमा पत्रकार सम्मेलनको आयोजना गरि अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको छ ।
अधिवेशन शनिबार बिहान- ८ बजे मनहरी -७ स्थित बुद्ध शान्ति हरित पार्कमा हुने राष्ट्रिय युवा संघ नेपाल मनहरी गाउँ कमिटीका अध्यक्ष प्रकाश स्याङतानले जानकारी दिए।
अधिवेशनबाट युवा संघ मनहरीले नयाँ नेतृत्व पाउने छ । कार्यक्रमलाई सम्बोधन गर्न राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष क्षितिज थेवे प्रमुख अतिथिको रुपमा आउने आयोजकले जानकारी दिए ।
उनले मनहरीका कार्यकर्ताहरुलाई प्रशिक्षण समेत दिने छन ।
पत्रकार सम्मेलनमा नेकपा एमाले मनहरी गाउँ कमिटी अध्यक्ष नवीन सुवेदी, जिल्ला सदस्य बीरेन्द्र डिसीसहित युवा संघ जिल्ला कमिटीका सदस्यहरु, मनहरी गाउँ कमिटीका सदस्यहरुको सहभागिता रहेको थियो ।