राजनीति

नेपाल परिवार दल मकवानपुरद्वारा एमालेका उम्मेदवारलाई समर्थन

नेपाल परिवार दल मकवानपुरले नेकपा एमालेका तर्फबाट प्रतिनिधि तथा प्रदेश सभामा उम्मेदवार बनेका ६ जना उम्मेदवारलाई समर्थन गरेको छ ।

शनिबार हेटौडामा परिवार दल मकवानपुरको जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य हरिबहादुर लोप्चनले पत्रकार सम्मेलन गर्दै केन्द्रिय निर्देशन अनुसार आफ्नो पार्टीले प्रतिनिधि तथा प्रदेशसभा तर्फ एमालेका उम्मेदवारलाई समर्थन गर्दै मतदान गर्ने बताउनु भएको हो ।

मंसिर ४ गते हुने चुनावमा नेकपा एमालेका प्रतिनिधीसभा क्षेत्र नम्बर-१ का उम्मेदवार कमल थापा, क्षेत्र नम्बर-१ को (क) का उम्मेदवार कमल विष्ट, (ख) का उम्मेदवार एकालाल श्रेष्ठ, क्षेत्र नम्बर-२ का उम्मेदवार महेशकुमार बर्तौला, क्षेत्र नम्बर-२ को (क) का उम्मेदवार विष्णु प्रसाद ढकाल र (ख) का उम्मेदवार लालबहादुर थापालाई मतदान गर्न सबैलाई आह्वान गराउनुभयो ।

परिवार दलभित्र आवद्ध रहेका र बाहिर समेत रहेका आम नागरिकलाई एमाले नै राष्ट्रियताको पक्षमा उभिएको पार्टी भएकाले मतदान गर्न लोप्चनले आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा नेकपा एमालेका जिल्ला सचिबालय सदस्य एबम प्रचारप्रसार बिभाग प्रमुख ध्रुबप्रसाद चौलागाई, परिवार दल मकवानपुरका उपाध्यक्ष मयादेबी कडेल, सचिब प्रकाश ढकाल, कोषाध्यक्ष कृष्ण हरि ढुंगाना, राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटि सदस्य तथा कैलाश ५ नम्बर वडा अध्यक्ष छेकु लामा लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button