
मनहरी । नेकपा माओवादी केन्द्र मनहरीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा सत्तारुढ गठबन्धन दलका उम्मेदवारहरुलाई मतदान गर्न सबैलाई आग्रह गरेको छ।
रजैया स्थित पार्टी कार्यालयमा आज बिहिबार बसेको बैठकले सत्ता गठबन्धनबाट प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेका उम्मेदवारहरु जिताउन सबै कार्यकर्तालाई आग्रह गरेको हो ।
यस पटक निर्वाचन क्षेत्र २ ख मा आफ्नो नभएकोले कुनै दुबिधामा नपरी प्रतिनिधि सभा तर्फ नेकपा एकीकृत समाजवादी नेता बिरोध खतिवडालाई कलम चिन्हमा, निर्वाचन क्षेत्र २ ९ख० मा प्रदेश सभा तर्फ नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँलाई रुख चिन्हमा मतदान गर्न माओवादी केन्द्र मनहरी गाउँकमिटि अध्यक्ष राम प्रसाद कालाखेतीले आग्रह गरिएको छ।
बैठकले लोकतान्त्रिक बाम गठबन्धनलाई जिताउन विभिन्न समिति समेत गठन गरेको छ। रामप्रसाद कलाखेतिको संयोजकत्वमा प्रचार(प्रसार समिति गठन गरिएको छ। सदस्यहरुमा सन्जिब पाठक, दिलबहादुर स्याङ्गबो, ध्रुब खड्का लगायत रहनु भएको छ।
त्यस्तै, ध्रुब खडकाको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ। सदस्यहरुमा श्रीकृष्ण ढकाल, डम्बर मुक्तान रहनु भएको छ। त्यस्तै गरि, आनन्द घलानको संयोजकत्वमा निर्वाचन अनुगमन समिति निर्माण गरिएको छ। समितिको सदस्यहरुमा एकराज पुरी, शिबचन्द्र गोले, केशब सुबेदी लगायत रहनु भएको छ।






