राजनीति

माओवादी केन्द्र मनहरीको विस्तारित बैठक : भदौ १० गते देखि प्रत्येक वडामा व्यापक कार्यक्रम गरिने


मनहरी । नेकपा माओवादी केन्द्र मनहरी गाँउ कमिटिको विस्तारित बैठक बिहिबार सम्पन्न भएको छ । माओवादी केन्द्रका केन्द्रिय सदस्य ईश्वरी भट्टराईको प्रमुख आथित्यमा बैठक गाँउ कमिटि अध्यक्ष रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको हो ।

बैठकले केन्द्रिय सर्कुलर अनुसार “घर घरमा माओवादी ,जनजनमा माओवादी ” भन्ने मुल नारा सहित ३ महिने कार्यक्रम ९ वटै वडामा सञ्चालन गर्ने निर्णय गरेको छ ।

जस अन्तर्गत गाँउपालिकाको वडा नं. १, ७ र ९ नम्बर वडामा मा भदौ १३ गते , वडा नं. २ र ३मा भदौ १० गते,वडा नं. ४ मा भदौ ११ गते, वडा नं. ५ मा भदौ ९ गते , बैठक राख्ने निर्णय गरिएको छ ।

यसै गरि बैठक सञ्चालनको लागि विभिन्न नेताहरुलाई जिम्मा दिएको छ । जस अन्तर्गत वडा नं. –१ म लक्ष्मी माझी,तेजराज पान्डे ,वडा न–२ राजकुमार पाख्रिन ,वडा न –३ लक्ष्मी माझी,विज्ञान स्याङ्तान ,वडा न –४ रामप्रसाद कालाखेती,अम्बर बहादुर रुम्बा,र ध्रुब खड्का ,वडा नं. –५ घनश्याम दाहाल ,केशव सुवेदी ,वडा नं. –६ सीता पुलामी,यदुनाथ सुबेदी ,वडा न –७ सीता पुलामी,शरण स्याङ्बो ,वडा न ं.–८ वीर ब घलान र वडा नं. –९ रामप्रसाद कालाखेतिलाई जिम्मा दिएको छ ।
त्यसै ग िभदौ १६ गते १२ बजे सम्पुर्ण वडा हरुमा एकै पटक वडा कार्यालय उद्घाटन गर्ने निर्णय समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button