मनहरी । तामाङ कथानक चलचित्र दार्बुङ भोलि बिहान ८ बजे हेटौडामा प्रदर्शन हुदै छ । मकवानपुर तामाङ कलाकार संघको ब्यवस्थापनमा तामाङ चलचित्र दार्बुङ हेटौडाको ओम्याक्स सिनेमा हलमा प्रदर्शनगर्न लागिएको हो । सञ्जय लामा र अर्जुज लामाको निर्देशनमा रहेको चलचित्र लोसाङ लामा , ईकेश लामा ,खर्पाई मोक्तान र भुइसल लामाको लगानीमा निर्माण गरिएको हो ।
चलचित्रमा कर्शाङ लामाको संिगत रहेको छ ।जयनन्द लामा , सुनिता लुङबा, सञ्जय लामा (हुक्त) , मान बहादुर तामाङ , डोमा ह्योल्मो , विशाल लामा , माया देबी मोक्तान,राजकुमार मोक्तान सिर्जना गोले , सुन माया घिसिङ लगाएतका कलाकारहरुले अभिनयगरेका छन ।
चलचित्रमा सुरज श्रेष्ठको द्वन्द निर्देशन रहेको छ भने बबिता लामा , पुजा लामा , आकाश लामा र कर्शाङ लामाको स्वरमा गित रहेको छ ।
हाल चलचित्रको अग्रिम टिकट धमाधम बिक्री भइरहेको छ । मकवानपुरमा तामााङ समुदायको बाहुल्यता रहेकोले हलमा दर्शकको राम्रो उपस्थीती हुनेमा निर्माण पक्षले विश्वास लिएको छ ।