मनोरञ्जन

तामाङ चलचित्र हाल्छे सोजि चु माया को भदौं २५ गते प्रिमियर हुने

काठमाडैं । तामाङ कथानक चलचित्र ‘हाल्छे सोजि चु माया ’को भदौं २५ गते प्रिमियार हुने भएको छ । २५ गते शनिबार चलचित्र विकास बोर्डको सभाहलमा एक बृहत कार्यक्रमको आयेजना गरि प्रिमियर शो गर्न लागिएको निर्माण पक्षले जनाएको छ । तिङला पुजु, तिङला नङसल लगायतका थुप्रै सफल चलचित्र निर्देशन गरेका निर्देशक निमा लामा तामाङको निर्देशनमा बनेको यस चलचित्रमा पावर स्टार नायक कृष्ण लामा,नायिका अबिना गोले,नव नायक अजेश लामा,नवनायिका निर्मला लामा,सुनलाल वाईबा,केबी मोक्तान,पेमा योन्जन लगायतका कलाकारहरुको अभिनयलाई हेर्न सक्नेछन।

यस चलचित्रका निर्माता पेमा योन्जन हुन भने सह निर्माता मीन कुमार वाईबा रहेका छन ।चलचित्रका कथा तथा पटकथा
निर्देशक निमा लामा तामाङले नै लेखेका हुन भने चलचित्रका गीतहरुमा विशाल काल्तन,सुमिना लो,सबिन मोक्तान,जितु लोप्चन,अन्जु थोकर लगायतका गायक गायिकाहरुले स्वर भरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button