स्थानिय

मनहरी -२ का नवनिर्वाचित वडा अध्यक्ष पाख्रीनले सरकारी मोटरसाइकल नलिने

                                                                  मनहरी । मनहरी गाउँपालिका वडा न.-२ का नवनिर्वाचित अध्यक्ष राजकुमार पाख्रीनले सरकारी सवारी साधन नलिने बताएका छन । नमस्ते मनहरीसंग कुराकानी गर्दै अध्यक्ष पाख्रीनले आफू जनताको सेवक भएकाले वडा अध्यक्षलाई प्राप्त हुने सरकारी मोटरसाइकल नलिने बताएको हो ।

सेवा गर्ने मान्छे सुबिधा भोगि हुनुहुदैन उनले भने ।
मैले जनताको दुख बुझेको छु , जनता भन्दा जनप्रतिनिधि कहिले पनि माथी हुनु हुदैन भन्ने मान्यता म राख्दछु , त्यसैले म सरकारी सवारी साधनको प्रयोग नगर्ने पक्षमा छु पाख्रीनले भने । मोटरसाइकल खरिदका लागि पर्ने मुल्य बराबरको रकम समाज सेवामा लगानी गर्ने पाख्रीनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button