मनोरञ्जन

तामाङ चलचित्र ए ङाला ह्राङ्बा माया हेटौंडामा पुन: प्रदर्शन हुने


हेटौंडा । चलचित्र मुनसन सुपरस्टार मुभिज प्रालिको व्यानरमा निर्मित तामाङ चलचित्र “ए ङाला ह्राङ्बा माया” हेटौंडामा पुन: विशेष प्रदर्शन हुने भएको छ ।

 

दर्शक तथा शुभचिन्तकहरुको विशेष आग्रहमा आगामी चैत्र २ गते हेटौंडामा रहेको ओम्याक्स सिनेमा हलमाअ पुन: विशेष प्रदर्शन गर्न लागिएको निर्देशक हुत्त सञ्जय लामाले जानकारी दिए ।

मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका क्षेत्रमा छाँयाकन गरिएको चलचित्रलाई सञ्जय/अर्जुनको निर्देशन गरेका हुन । निर्देशक लामाले चलचित्र सामाजिक कथावस्तुमा आधारित रहेर निर्माण गरिएको जानकारी दिए ।

२४ लाख लगानीमा निर्माण भएको चलचित्रमा सुनिता लुङ्वा, हिराबहादुुर मुक्तान, हेमकुमार तितुङ, तारा थोकर, माया डोल्मा लामा, मनिका सिंतान, राजकुमार तामाङ, जगतबहादुर मुक्तान लगायतको अभिनय रहेको छ ।

यस अघि चलचित्र ए ङाला ह्राङ्बा माया पुष २० गते हेटौंडामा पहीलो पटक बिशेष शो प्रदर्शन गरिएको थियो । निर्देशक लामाले दर्शकहरुको मागले हेटौंडाको ओम्याक्स हलमा पुन शो प्रदर्शन गर्न लागिएको बताए ।

लोसाङ लामा र इकेश लामाको निर्माणमा बनेको चलचित्रमा प्रज्वल राउतको छायाँकन, सागर दोङ तामाङको

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button