राजनीति

काठमाडौं क्षेत्र नम्बर ४ मा एकीकृत समाजवादीबाट ५ उम्मेदवार सिफारिस

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ समन्वय कमिटीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारीका लागि ५ जनालाई सिफारिस गरेको छ।

कमिटीको शनिबार बसेको बैठकले काठमाडौँ जिल्ला कमिटीका कावा सचिव ध्रुवराज न्यौपाने, केन्द्रीय सदस्य रञ्जना मास्के, सीता ओझा र सीता श्रेष्ठ तथा ठाकुर खकुरेललाई प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि जिल्ला कमिटीलाई उम्मेदवारी सिफारिस गरेको हो।  जिल्लाले प्रदेश कमिटीलाई भदौ १२ र प्रदेशले केन्द्रलाई १५ गतेभित्र सिफारिस गरी केन्द्रले २० गते उम्मेदवारी टुङ्गो लगाउने कार्यतालिका छ।

सत्तारूढ दलबीच निर्वाचनमा गठबन्धन गर्ने सहमति भए पनि पार्टीको आन्तरिक तयारीस्वरूप प्रजातान्त्रिक ढङ्गले ती नाम सिफारिस गरिएको निर्वाचन क्षेत्रीय कमिटीका संयोजकसमेत रहेका न्यौपानेले बताए।  बैठकले पार्टीप्रतिको निष्ठा, अनुशासन र सङ्गठन क्षमताका आधारमा ती नाम सिफारिस गरेको हो।

पार्टीले कम्तीमा एक महिलासहित चार जनाको नाम सिफारिस गर्न भने पनि बैठकले पाँच जना नै योग्य देखिएको भनी ती नाम पठाएको बताइएको छ।  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँ–४ अन्तर्गत काठमाडौँ महानगरपालिकाका १, ७, ८ र ३० तथा बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडा पर्छन्।  यो क्षेत्रबाट नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०७४ को चुनाव जितेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button