
मनहरी । नेकपा माओवादी केन्द्र निकट तामाङ मुक्ति मोर्चा नेपाल मकवानपुरको जिल्ला भेला बुधबार सम्पन्न भएको छ । भेलाले भदौ महिना भित्रमा मकवानपुरको दश वटै पालिकामा कमिटि गठन गरि सक्ने निर्णय गरेको छ भने असोज महिनाको पहिलो साता भित्रमा जिल्ला भेला गरि सक्ने निर्णय गरेको छ । हाल पालिका स्तरमा मनहरी बकैया बाहेक अन्य पालिकामा तामाङ मुक्ति मोर्चा गठन भएको छैन ।
जिल्ला भेलाको तयारीको लागि जिल्ला समन्वय समिति मकवानपुर सदस्या आत्मराम मोक्तानको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला भेला आयोजक कमिटि गठन गरेको छ । प्रदेश र संघको चुनाव नजिकै गर्दा माओवादी केन्द्रले आफ्नो भातृ संगठनलाई सक्रिय बनाईरहेको छ ।

नेकपा माओवादी केन्द्रका पोलिटीब्युरो सदस्या कुमारी मोक्ताको प्रमुख आथित्यमा भएको भेलामा पार्टीका बागमती प्रदेश कमिटिका सचिवालय सदस्य बीर बहादुर घलान (ज्वाला) ,तामाङ मुक्तिमाोर्चा ३ नं प्रदेश संयोजक सोमबले तामाङ ,पार्टीका जिल्ला सचिव भिम बहादुर पाख्रिन , तामाङ मुक्ति मोर्चा नेपालका नेता कुमार घलान तथा अन्य नेताहरुको उपस्थीती रहेको थियो ।







