
मनहरी । नेपाल कम्युनिष्ट पार्टी (माओवाद केन्द्र) का केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज कुमारी मोक्तानले आगामी मसिंर ४ गते हुने संघ र प्रदेशको चुनाव पछि माओवादी केन्द्र देशको पहिलो तथा शक्तिशाली पार्टी बन्ने बताएका छन ।
आइतबार माओवादी केन्द्र मनहरी गाँउ कमिटिको विस्तारित बैठकलाई सम्बोधन गर्दै मोक्तानले उक्त कुरा बताएका हुन । अन्य पार्टीको नेतृत्वमा ले पटक पटक राज्या सञ्चालन हुदा पनि देशलाई समृद्धि तथा विकासको मुल बाटोमा लान नसको भन्दै मोक्तानले आगामी मसिंर ४ मा हुने संघ र प्रदेशको चुनावमा नेपाली जनताले माओवादीलाई बहुमतका साथ बिजयी गराउनेमा ढुक्क रहेको र जनताको अपेक्षा अनुसार पार्टी पहिलो नम्बरमा आउनेमा ढुक्क रहेको बताएका । नेकपा एमाले र कांग्रेसको नेतृत्वको सरकारको कार्यशैली बारे जनताले बुझिसकेको र पटक पटक अव त्यस्ता पार्टीलाई जनताले साथ नदिने बताए ।

त्यसै गरि गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन भित्र रहेको पार्टीले सहि रुपमा सहयोग नगरेको स्पष्ट पारे । गठबन्धमा सहभागी दल इमानदारी नभईदिदा माओवादीले केहि स्थानमा स्थानीय तहको नेतृत्व लिन असफल भएको बताए । गठबन्धनको मर्म विपरित चुनावमा प्रस्तुत भएकाले अवको निर्वाचनमा त्यस्त गतिविधि हुन नदिन पार्टीको नेतृत्व र कार्यकर्ता चनाखो हुनु पर्नेमा जोड दिए । गठबन्धनमा सहभागि दलले आाफ्नो भुमिका निर्वाह नगर्दा गत स्थानीय तहको निर्वाचनमा अपेक्षा गरे अनुरुपको नतिजा नआउदा केहि नेता तथा कार्यकर्तामा निराशापन उत्पन्न हुनु स्वभाविक भए पनि नेता तथा कार्यकर्तालाई आगामी निर्वाचनलाई लक्षित गरि गतिविधि सञ्चालन गरि पार्टीलाई चलयमान बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको पनी समिक्षा गरिएको थियो । निर्वाचनको समयमा केहि वडामा पार्टी भित्रबाट अन्तरघात भएकाले निर्वाचनमा हार ब्यहोर्नु परेको र अव त्यसो हुन नदिन नेता तथा कार्यकर्ता सचेत हुन आवश्यक रहेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवाद केन्द्र) का केन्द्रिय सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज कुमारी मोक्तानको प्रमुख आथित्यमा भएको बैठकमा पार्टीका केन्द्रीय सदस्य राम नारायाण विंडारी , मानकुमारी नेपाली, वागमती प्रदेश सचिवालय सदस्य विर बहादुर घलान –ज्वाला), पार्टीका जिल्ला समन्वय समितिका अध्यक्ष सर्केश घलान, वागमती प्रदेश सदस्य तथा मनहरी गाउँपालिकाका उपाध्यक्ष रेखा पुलामी मगर (रेखा), वागमती प्रदेशसभा सदस्य तथा मकवानपुर जिल्ला समन्वय समितिका अध्यक्ष ललित घलान, पार्टीको जिल्ला सचिव भिम पाख्रिन, लगायतकाका उपस्थिति रहेको थियो ।






