
मनहरी । नेकपा माओवादी केन्द्र वागमती प्रदेश कमिटिका सचिवालय सदस्य वीर बहादुर घलान (ज्वाला) ले वाइसिएलमा आवद्ध युवाहरुलाई भ्रष्टाचारीहरुको भण्डाफोर र निगरानी राख्न गर्न निर्देशन दिएका छन । शनिबार वाइसिएल नेपाल मनहरी गाँउ कमिटिको विस्तारित बैठकलाई सम्बोधन गर्दै ज्वालाले उक्त निर्देशन दिएको हो । मनहरीमा रहेको ढुङग गिट्टी बालुवा , राज्यश्व संकलन गर्ने स्थान र बिभिन्न सामुदायिक वनहरुमा भ्रष्टाचार हुन सक्ने भन्दै ती क्षेत्रमा कडा निगरानी राख्न वाइसिएल मनहरीमा आबद्ध युवाहरुलाई निर्देशन दिएको हो । मनहरी ढुङगा गिट्टी वालुवाका लागि निकै प्रख्यात रहेकोले यसमा भ्रष्टाचारीहरुले जनताको आँखामा छारो हालि लुटतन्त्र मच्याउन सक्ने प्रवल सम्भावना रहेकाले यस तर्फ वाइसिएलको ध्यान केन्द्रीत हुनु पर्नेमा जोड दिए । त्यसै गरि समाजमा रहेका बिभिन्न विसंगति बिरुद्ध अभियान सञ्चालन गर्न समेत जोड दिए ।

त्यसै गरि गााउपालिकाको सबै वडामा रहेको वाइसिल वडा कमिटिलाई चुस्त दुरुस्त राख्न बिभिन्न भेला बैठक राख्ने निर्णय भएको वाइसिएल मनहरीका ईन्चर्ज ईश्वर थापाले जानकारी दिए । वाइसिएल नेपाल मनहरी गााउ कमिटिका अध्यक्ष कृष्ण रुम्बा( झाँक्री)को अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र मनहरीका ईन्चार्ज राजकुमार पाख्रिन, गाँउ कमिटिका अध्यक्ष रामप्रसाद कालाखेति वाईसिएल मकवानपुर जिल्ला ईन्जार्च राजकुमार मु्क्तान, जिल्ला अध्यक्ष नवराज ठकुरी तथा नेता कार्यकर्ताहरुको उपस्थीती रहेको थियो ।






