हेटौडा । माओबावी केन्द्र मकवानपुरका नेता प्रल्हाद लामिछाने केन्द्रिय सदस्यमा मनोनित भएका छन् । सोमबार माओबादी केन्द्र मकवानपुर जिल्ला समन्वय समितिको बैठकमा लामिछाने केन्द्रिय सदस्य भएको सर्कुलर आएको हो ।
लामो समय देखि माओबादी राजनितीमा सक्रिय लामिछाने जनयुद्ध ताका मकवानपुर सेक्रेटरी, राज्य समिति सदस्य, मकवानपुर जिल्ला सह इन्चार्ज तथा संबिधान सभा सदस्य पनि हुन । लामिछाने हाल बागमति प्रदेश नीति तथा योजना आयोगका सदस्य समेत हो ।
लामिछाने सहित मकवानपुरबाट माओबादी केन्द्रको केन्द्रिय सदस्यमा कुमारी मोक्तान, सन्तोष बिष्ट, बिजय गौतम, मान कुमारी नेपाली, प्रमिला पुलामी, रामनारायण बिडारी रहेकाछन ।






