राजनीति

निर्मल बहुमुखी क्याम्पस बस्तिपुरमा अखिल क्रान्तिकारी कमिटि गठन


मनहरी । हेटौंडा उप महानगरपालिका वडा नम्बर १९ स्थित निर्मल बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी कमिटि गठन गरेको छ । अखिल क्रान्तिकारी जिल्ला कमिटी मकवानपुर द्वारा सन्चालित विद्यार्थी जागरणअभियान अन्तर्गत बिहिबार कमिटि गठन गरिएको हो । BBS तर्फ बिनोद थिङको अध्यक्षतामा १३ सदस्यीय क्याम्पस कमिटि गठन गरिएको छ । जसको उपाध्यक्ष पुष्पा पुरी, सचिबमा भुवानी रुम्बा , सह–सचीव बिमला थिङ् र कोषाध्यक्षमा अन्जिता भुजेल रहेका छन त्यसै गरि BED तर्फ अमन पुरीको अध्यक्षतामा १५ सदस्य कमिटी गठन गरिएको छ जसकोे उपाध्यक्षमा सहदेब गोले, सचिबमा निगिता जिम्बा, सह सचिबमा , सजित लामा र कोषाध्यक्षमा फुलमाया रुम्बा रहेका छन । कार्यक्रम जिल्ला सह–सचिब राजेन्द्र कुमार मुक्तान ,जिल्ला–सह सचिब दिपक वाईबा जिल्ला कार्यालय सदस्य छोईसाङ लामा , जिल्ला सदस्य प्रचण्ड बैजु ,जिल्ला सदस्य सुजन सिलवाल र बिद्यार्थी नेता राहुल लामा उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button