मनहरी । मकवानपुरको दोस्रो ब्यापारिक केन्द्र मनहरी बजारबाट धादिङ जिल्लाको आदमघाट जोड्ने छोटो दुरिको सडक मार्ग तीन वर्ष भित्रमा निर्माण सम्पन्न हुने वातावरण निर्माण गर्ने बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले प्रतिबद्धता जनाएका छन ।
मनहरी –आदमघाट सडक खण्ड अन्तर्गत राक्सिराङ–४ स्थित परेवा भिरमा निर्माण भईरहेको सडकको अबलोकन गर्न बिहिबार परेवाभिर आइपुगेका बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल र वन तथा वातावरण मन्त्री बिशाल खड्काले पश्चिम मकवानपुर सहित ,धादिङ र नुवाकोटे जनताको चाहान अनुसार यो सडक खण्ड तीन वर्ष भित्रमा कालोपत्रे सहित निर्माण सम्पन्न गराउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । यो सडक मार्ग निर्माण गर्ने जिम्मा अव प्रदेश सरकारले लिन्छ स्थानिय सरकारले सहजीकरणको भुमिका खेलिदिनु पर्यो मन्त्रि जमकट्टेलले भने । परेवा भिर निकै चर्चाको विषय विगतमा बनेको र विगतमा आफुहरु यो मार्गबारे स्पष्ट नभएकाले पर्याप्त मात्रमा सहयोग गर्न नसकिएको भन्दै मन्त्रि जमकट्टेलले परेवा भिर हुदै धादिङ छिचोल्ने ६५ किलोमिटर सडक मार्ग निर्माण गर्न प्रदेश सरकारले विशेष भुमिका खेल्ने बताए ।
अवलोकनमा बागमती प्रदेश सभा सदस्य ओम बहादुर ग्लान, राक्सिराङ गाँउपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष वनस्तम थिङ, माओबादी केन्द्र राक्सिराङका अध्यक्ष हस्त बहादुर मुक्तान ,नेकपा एकीकृत समाजबादीका जिल्ला सदस्य टंक बहादुर मुक्तान लगाएतका रहेको थियो ।