प्रदेश खबर

राजदुत तामाङलाई तामाङ पत्रकार संघ बागमती प्रदेश समितिद्धारा सम्मान


काठमण्डौँ । दक्षिण अफ्रिकाका लागि राजदुतमा नियुक्त भएका दान बहादुर तामाङ्गलाई तामाङ्ग पत्रकार संघ बागमती प्रदेश समितिले सम्मान गरेको छ । बुधबार काठमाडौमा एक कार्यक्रमको आयोजना गरि तामाङ्गलाई कार्यकालको शुभकामना व्यक्त गर्दै तामाङ पत्रकार संघ बागमती प्रदेश कमिटिले खादा र सम्मानपत्रका साथ सम्मान गरिएको हो । कार्यक्रममा नवनियुक्त राजदुत तामाङ्गले दक्षिण अफ्रिकामा नेपालीहरुको हितमा लागिपर्ने बताउनुभयो । आफ्नो कार्यकालमा सञ्चार र सञ्चारकर्मीहरुसँग समन्वय गरि प्रभावकारी कार्यसम्पादन गर्ने उनले बताए ।
विगतमा नितिगत रुपमै शोषणमा पारिएका तामाङ्ग समुदायबाट राज्यको महत्वपुर्ण पदमा नियुक्ति पाउनु गर्वको बिषय रहेको तामाङ्ग पत्रकार संघ बागतमी प्रदेशका अध्यक्ष अर्जुन पाख्रिनले बताउनुभयो । उहाँले महत्वपुर्ण सार्वजनिक पदमा पुगेका ब्यक्तिहरुले तामाङ्ग समुदायकोल मौलिकता, कला सँस्कृति र पहिचान भुल्न नहुनेमा जोड दिए । कार्यक्रममा तामाङ्ग डाजाङ्गका अध्यक्ष फुलकुमार बम्जन, चलचित्र निर्देशक बिनय दोङ्ग लगायत, याम्बु मिडियाका प्रमुख शुक्र पाख्रिनलगायतले नवनियुक्त राजदुत तामाङ्गको सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
सफल ब्यवसायी र समाजसेवीको रुपमा चिनिएका नवनियुक्त राजदुत तामाङ्ग चितवनका स्थायी बासिन्दा हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button