बागमती प्रदेश

मनहरीमा शान्तिपुर्ण वातावरणमा मतदान हुदै ,हाल सम्म ६२ प्रतीशत मत खस्यो ,

Exif_JPEG_420

मनहरी । मनहरीमा हाल ६२ प्रतिशत मत खसेको छ ।मनहरी गाउँपालिकामा रहेको ११ केन्द्रको ३० वटा बुथबाट दिउँसो ४:५५ सम्ममा कुल मतदाताको ६२ प्रतिशत अर्थात १६ हजार ५ सय ७७ मत खसेको जनाएको छ । जसमा ८ हजार ७ सय १४ महिला र ७ हजार ८ सय ६३जना पुरुषले मतदान गरेको जनाएको छ । मनहरी गाउँपालिकामा कुल मतदाता २६ हजार ७ सय २१ रहेका छन । साझा ५ बजे सम्म निर्वाचन केन्द्रको कम्पाउन्ड भित्र प्रबेश गरि मतदान गर्न निर्वाचन अधिकृतको कार्यलय मनहरीले आग्रह गरेको छ ।
मनहरीमा स्वच्छ र शान्तिपुर्ण वातावरणमा मतदान भइरहेको मनहरी गाउँपालिकाका निर्वाचन अधिकृत पुर्ण बहादुर दर्जीले जानकारी दिए । मतदान सक्ने बितिक्कै सबै केन्द्रको मतपेटिका मतगणना स्थल रजैयामा पुर्याइ सर्वदलीय बैठक पश्चात् आजैबाट मतगणना सुरु गरिने निर्वाचन अधिकृत दर्जीले जानकारी दिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button