हेटौडा । बागमती प्रदेश सरकारले आज महत्व पुर्ण निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको बैठकले तामाङ र नेपाल भाषा ( नेवारी) लाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोगमा ल्याउने निर्णय गरेको प्रदेश सरकारका सामाजिक विकास मन्त्रि कुमारी मोक्तानले जानकारी दिए । लामो समय देखि तामाङ र नेपाल भाषा सरकारी कामकागको रुपमा प्रयोगमा ल्याउनु पर्ने भन्दै
नेपाल तामङ घेदुङ र नेवा दबुले संयुक्त रुपमा आन्दोलन गर्दै आएका थिए ।
बैठकले तामाङ समुदायले बोल्ने ‘तामाङ भाषा’ र नेवार समुदायले बोल्ने ‘नेपाल भाषा’ लाई सरकारी कामकाजको भाषा बनाउने प्रक्रिया अघि लैजाने निर्णय गरेको हो ।
यो निर्णय संगै अब दुवै भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा बनाउन आधार तयका लागि समिति गठन गर्नेछ ।
यो निर्णय संगै नेपाल तामाङ घेदुङ बागमती प्रदेशका अध्यक्ष लिला कुमार घलानले प्रदेश सरकारको आजको निर्णय निकै महत्वपुर्ण र स्वागत योग्य भएको प्रतिक्रिय ब्यक्त गरे । तामाङ र नेवार समुदायले लामो समय देखि गर्दै आएको संघर्षलाई ढिलई भए पनि सम्बोधन गरेकोमा प्रदेश सरकारलाई धन्यबाद समेत ब्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्