चितवन। चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजार नजिकै नाग्दिखोलाबाट त्रिशुली नदीमा ट्रक खसेको छ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडक खण्डको उक्त स्थानबाट केहि बेर अघि करिब सवा ९ बजेतिर आयसर ट्रक खसेको घटनास्थलबाट संचारकर्मी विनोद श्रेष्ठले जानकारी दिएको छ।
उनका अनुसार घटनास्थलमा अहिले प्रहरीहरु पुगिसकेको र उद्दारको काम सुरु भैसकेको छ । यद्यपी घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको उनले बताए।