प्रदेश खबर

श्रीमतीको अचानो प्रहारबाट चितवनमा श्रीमानको ज्यान गयो

चितवनमा श्रीमतीले अचानाले हान्दा श्रीमानको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२१ पार्वतीपुरमा श्रीमतीले अचानोले प्रहार गर्दा ५६ वर्षीय टिकाराम वि।क।को ज्यान गएको चितवन प्रहरीले जनाएको छ ।

सोमबार राति नै घटना भए पनि प्रहरीले  मंगलबार दिउँसो ४ः२० बजेको मात्रै खबर पाएको थियो । आफ्नै घरको कोठामा भित्रबाट चुकुल लगाई ओछ्यानमा लडिरहेको सूचना पाएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । घटना बारे बुझ्दा सोमबार राति १० बजेको समयमा झैझगडा हुँदा उनकी श्रीमती ५४ वर्षीया बिनमाया विकले घरमा रहेको अचानोले टाउकोमा हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

श्रीमती बिनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी घटनास्थलमा पुग्दा टिकारामको खुट्टाले भूईमा टेकी टाउको र जीउको भाग खाटमा घोप्टो परेको अवस्थामा रहेको थियो । उनको तालुको भागमा काटेको र सोही घाउबाट बगेको रगत सिरानीमा जमेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button