
मनहरी । मनहरी स्थित युनिभर्सल लर्निङ एकेडेमिका विद्यार्थीले संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको मिडल इनडीपेण्डेनस स्कूलका विद्यार्थी सँग अनलाइन अन्तरक्रिया गरेका छन्।
विद्यालयले आफ्नो नियमित शैक्षिक क्रियाकलाप अन्तर्गत अन्तरदेशीय शिक्षकहरुसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो।
फ्लोरिडा राज्यको शिक्षक विद्यार्थीहरुसँग युनिभर्सलका कक्षा ५ देखि ८मा अध्ययनरत विद्यार्थीहरुले सामाजिक,आर्थिक,शैक्षिक गतिविधि सम्बन्धी विभिन्न बिषयबस्तुमा अन्तरक्रिया सँगै नृत्य पनि गरेका थिए।
उक्त कार्यक्रमको प्रशिक्षक विवस जंग थापाले सहजिकरण गरेका थिए भने कार्यक्रमको समन्वय मनोज लामाले गरेका थिए।
विद्यालयले विभिन्न बिषयबस्तुमा विद्यार्थीलाई सहजीकरण गर्दै आएको र अहिलेको प्रविधिको युगमा, ग्लोबल भिलेजको अवधारण अनुसार निरन्तरता समेत दिने प्रधानाध्यापकले जानकारी गराउनुभयो।
 
				





