समाचार

सुनाचुरी सामुदायिक वनद्वारा गरिब तथा बिपन्न उपभोक्ता तथा संघसस्थालाई लाखौं सहयोग हस्तान्तरण


मनहरी । पश्चिम मकवानपुरको मनहरी -६ मा रहेको सुनाचुरी सामुदायिक वन उपभोक्ता समुहले आफ्न उपभोक्ता तथा संघ सस्थालाई सहयोग हस्तान्तरण गरिएको छ ।

शनिबार बन समुहको सभाहलमा एक कार्यक्रमको आयोजना गरी चालु आर्थिक वर्षको वन समुहको स्वीकृत कार्यक्रम अन्तर्गत गरिबी निवारण तथा महिला सशत्तीकरण अन्तर्गत रहेको बजेटको कार्यन्वयन स्वरुप आफ्न गरिब तथा बिपन्न उपभोक्ताहरु सहयोग हस्तान्तरण गरिको हो ।

जस अन्तर्गत २ जना महिलालाई सिलाईकटाई मेसिन,गरिबीका कारण जाडो मौसममा भुईमा सुत्न बाध्य रहेका ४५ परिवारलाई काठबाट निर्मित खाट वितरण गरिएको वन समुहका सचिव रमेश कार्किले जानकारी दिए। त्यसै गरि शिक्षा तर्फ मनहरी -६ मा रहेको राष्ट्रिय मावि सुनाचुरीले स्थापना गरेको अक्षय कोषमा १० लाख थप गरिएको छ ।

वन समुहले यस अघि अक्षय कोष स्थापनाका लागि रु. १० लाख सहयोग गरिएको थियो । स्वास्थ तर्फ पुष्पलाल आधारभुत स्वास्थ केन्द्र अन्तर्गत आमा समूह संचालनको लागि ५० हजार , बृहत जोगिताल खानेपानीलाई २ लाख,मनहरी गाउँपालिका संगको साझेदारीमा जनजागृति दुग्ध उत्पादक सस्थाले उपभोक्ताहरुलाई बाछी बितरण गर्नका लागि १ लाख रुपियाँ हस्तान्तरण सहित सम्झौता पनि गरिको छ ।

कार्यक्रम डिभिजन बन कार्यालय राप्ती मनहरीका प्रमुख हेम थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा, मनहरी -६ का अध्यक्ष युवराज थपलिया , मनहरी सव- डिभिजन वन कार्यालयका वन अधिकृत डटेन्द्र गोले, राष्ट्रिय मावि सुनाचुरीका अध्यक्ष शिव लाल मुक्तान प्रधानध्यापक सुभास श्रेष्ठ लगाएतकाको उपस्थित रहेका थिए ।

वन समुहका अध्यक्ष पार्वती मुक्तानको अध्यक्षतामा भएको कार्यक्रम वन समुहका सचीव रमेश कार्कीले सञ्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button