
प्यूठान प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय प्यूठानमा डीएसपी सत्यनारायण थापाका अनुसार स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु ३ च ३५३ नम्वरको जीप दुर्घटना भएको हो ।
जीप दुर्घटनामा परी रुपन्देहीको मायादेवी गाउँपालिका(३ कि ३२ वर्षकी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन् । हाल घाइते १४ जना मध्य १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ । घाइतेहरुलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ । जीपमा १७ जना सवार थिए ।






