
मनहरी । नेपाली कम्युनिष्ट पार्टीले मात्र संबिधानको रक्षा र राष्ट्रको हितमा काम गर्ने नेकपाकी नेत्री प्रमिला पुलामीले बताउनु भएको छ ।
नेकपा मनहरी गाउँकमिटीको सोमबार मनहरी -९ रजयामा आयोजना गरेको पहिलो बिस्तारित भेलालाई सम्बोधन गर्नुहुदै कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएको पुलामिले उक्त कुरा बताउनु भएको हो ।
मुलुकको आबश्यत्ता अनुसार पछिल्लो पटक बिभिन्न्न पार्टीहरुसङ्ग एकता गरेर नेकपा निमार्ण भएको उहाँको भनाई थियो । देश अनिवार्यको बन्दीमा रहेको बेलामा प्रचण्डको पहलमा विभिन्न घटकहरु संग मिलि शक्तिशाली पार्टी निर्माण भएकोले अब देशले निकास पाउने आशा व्यक्त गर्नु भयो ।
त्यसै गरि नेकपालाई देशको १ नम्बरको पार्टी हुन बाट कसैले रोक्न नसकिने अर्का नेत्री सीता पुलामी मगर (रेखा) मगरले बताउनु भयो । पार्टी एकता संगै युवाहरूमा पार्टी प्रती बिश्वास बढेकाले देश भर पार्टीको शुभेच्छुकहरु बढिरहेकाले देशको एक नम्बर पार्टी बन्नेमा कुनै शंका नरहेको पुलामीको भनाई छ ।
त्यसै गरि अर्का नेता किशोर बर्तौलाले आगामी पौष -५ गते काठमाडौमा हुने सन्देश सभामा व्यापक रुपमा सहभागी हुन आग्रह गर्नु भयो । मनहरी गाउँपालिकाको सबै वडाहरुबाट सन्देश सभामा सक्रिय सहभागि हुन आग्रह गर्नु भयो ।
नेकपा मनहरीका नेता एकराज पुरीको अध्यक्षतामा भएको कार्यक्रममा नेतहरु गजाधर सुबेधी , रामप्रसाद कालाखेती , राजकुमार पाख्रीन, अशोक शाक्य , बिमला गलान , रामहरि सुबेधी , आमोश प्रजा, पवन बिक,प्रकाश थापा , दीपेन्द्र अधिकारी लगाएतका नेताहरुको उपस्थित रहेको थियो ।






