समाचार

रंगमञ्चमा निरन्तर सक्रिय आरुष मगर ‘आयो गोर्खाली’को अन्तिम मञ्चनमा व्यस्त

काठमाडौं । पछिल्लो एक दशकदेखि निरन्तर रंगमञ्चमा सक्रिय अभिनेता आरुष मगर यतिबेला नाटक ‘आयो गोर्खाली (फर पिस)’ को मञ्चनमा व्यस्त छन्।

हङकङका ८३ वर्षीय लेखक मोक चिउ यी द्वारा लिखित तथा बंगलादेशका ८४ वर्षीय निर्देशक मामुनार रसिद द्वारा निर्देशित उक्त नाटकको आज असोज १३ गते अन्तिम मञ्चन हुँदैछ।

रंगमञ्चलाई आफ्नो अभिनय यात्राको महत्वपूर्ण आधार बनाउँदै आएका मगर पछिल्लो समय चलचित्र क्षेत्रमा समेत सक्रिय छन्। उनले ‘गोर्खा वारियर’, ‘डेसान’, ‘एक्लो’ लगायतका चलचित्रमा अभिनय गरिसकेका छन्। उनको अभिनय रहेको चलचित्र ‘एरी’ प्रदर्शनको तयारीमा रहेको बताइएको छ।

मगरले नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय परियोजनामा समेत काम गरिसकेका छन्। उनले इन्डोनेसियाको एक वेब सिरिज मा समेत अभिनय गरेका छन्।

रंगमञ्चबाट सुरु भएको आफ्नो अभिनय यात्रालाई चलचित्र तथा अन्तर्राष्ट्रिय डिजिटल माध्यमसम्म विस्तार गरिरहेका मगर पछिल्लो समय नेपाली अभिनय क्षेत्रमा सम्भावना बोकेका कलाकारका रूपमा सक्रिय देखिन्छन्।

‘आयो गोर्खाली (फर पिस)’ को अन्तिम मञ्चनसँगै मगरको रंगमञ्च यात्रा र आगामी चलचित्र परियोजनालाई दर्शकले थप उत्सुकताका साथ हेर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button