मनहरी । मनहरी -७ मा रहेको मनकामना सामुदायिक बन उपभोक्ता समुहको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार बुद्ध शान्ति हरित पार्क परिसरमा एक कार्यक्रमको आयोजना गरी वन समुहको २० औं वार्षिक सधारणसभा सम्पन्न गरेको हो ।
डिभिजन वन कार्यालय राप्ती मनहरीका प्रमुख हेम बहादुर थापाको प्रमुख आथित्यमा भएको कार्यक्रममा मनहरी गाउँपालिका वडा न.-७ का अध्यक्ष ठाकुराम तितुङको विशिष्ट आतिथ्यता रहेको थियो ।
त्यसै गरि मनहरी सवडिभिजन वन कार्यालयका प्रमुख डटेन्द्र कुमार गोले ,विभिन्न राजनीतिक दलका प्रतिनिधि , समाजसेबी लगाएतका उपस्थिति रहेको थियो ।
कार्यक्रममा वन समुहका अध्यक्ष सुरेश मुक्तानले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यसै गरि
समूहकी कोषाध्यक्ष मनिषा स्याङ्तानले आर्थिक बर्ष २०८१ /८२ को ६५ लाख रुपियाँ बराबरको आर्थिक कारोबार विवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रम वन समुहका अध्यक्ष सुरेश मुक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो ।