समाचार

मनहरी गाउँपालिकाले सहिद तथा बेपत्ता परिवारलाई भोलि सम्मान गर्दै


मनहरी । मनहरी गाउँपालिकाले सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिने भएको छ ।
मङ्गलबार मनहरी – ३ लामिटार स्थित गाउँपालिकाको सभा हलमा एक कार्यक्रमको आयोजना गरि सम्मान गर्न लागिएको गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर (रेखा) ले जानकारी दिए ।
१० वर्षे युद्धको बेलामा तत्कालिन बिद्रोही पक्ष र राज्य पक्षको कारणले ज्यान गुमाएका र बेपत्ता भएका मनहरी गाउँ पालिका क्षेत्रभित्रका सहिद तथा बेपत्ता परिवारलाई गाउँपालिकाले सम्मान गर्न लागिएको उपाध्यक्ष सीता पुलामी मगर (रेखा) ले जानकारी दिए ।
देश र जनताको निम्ति बालिदानी गरेका सहिद र बेपत्ता भएका परिवारलाई स्थानीय सरकारले सम्मान गर्दा आफ्नो सन्ततीलाई सम्मान गरेको महशुस परिवारले गर्नेछ ।
सम्मान कार्यक्रम बागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुखा आथित्यमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button