समाचार

कैलाशका पाँच विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण

कैलाश । मकवानपुरको कैलाश गाउँपालिकाका पाँच विद्यालयलाई फुटबल खेलका सामाग्री हस्तान्तरण गरिएको छ । चाइल्ड रिच नेपालको सहयोगमा गाउँपालिकामा अवस्थित ५ माध्यामिक विद्यालयलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
मंगलबार गाउँपालिकाको वडा नम्बर ३ मा अवस्थित भवानी माध्यामिक विद्यालयमा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको उपस्थितीमा विद्यालयलाई सामाग्री हस्तान्तरण गरिएको थियो । विद्यालय स्तरबाटै फुटबल खेलकुदमा खेलाडीहरु उत्पादन हुने हेतुले सामाग्री हस्तान्तरण गरिएको संस्थाका सहायक कार्यक्रम संयोजक पुजा रानामगरले बताईन् ।
उनका अनुसार भवानी माविसँगै गाउँपालिका वडा नम्बर ६ मा रहेको व्यास माध्यामिक विद्यालय, वडा नम्बर २ मा रहेको कमलादेवी माध्यामिक विद्यालय, वडा नम्बर १० मा रहेको रत्नज्योति मावि र वडा ९ मा रहेको कालिका माविलाई खेलकुदका सामाग्री हस्तान्तरण गरिएको बताईन् । कैलाशका ५ वटा विद्यालय छनौंट गरी संस्थाको कार्य योजना अनुरुप सामाग्री प्रदान गरिएको उनले बताईन् ।
सबै विद्यालयलाई फुटबल खेलका ट्रेनिङ विप्स ३० वटा, ग्राउण्ड मार्कर ६० वटा, कोन २५ थान, ६ वटा फुटबल र ३० थान जर्सी हस्तान्तरण गरेका छौं, उनले भनिन् । विद्यालयबाटै खेलकुदको विकास होस् भन्ने हेतुले कार्यक्रम सञ्चालन गरेका हौं ।

गाउँपालिका अध्यक्ष मुक्तानले विद्यालयलाई सामाग्री हस्तान्तरण गरेसँगै सामाग्रीको सहि सदुपयोग गरि खेलाडी उत्पादनमा जोड दिन आग्रह गरेका छन् । उनले संस्थालाई स-धन्यवाद सँगै आगामी दिनमा सहकार्यका साथ काम गरिने प्रतिवद्धता जनाए । विद्यालयले सामाग्रीको सहि सदुपयोग गर्नेमा विश्वस्त रहेको उनले बताए ।
हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एंव शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख समीर जोशी, विद्यालयका प्रधानाध्यापक बालचन्द्र मल्ललगायत शिक्षकहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button