
नेपाल तामाङ घेदुङ मकवानपुरको अध्यक्षमा कालू घलान चयन भएका छन । शनिबार हेटौडामा भएको ८ औ जिल्ला भेलाले घलानलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गर्दै भेला सम्पन्न गरेको हो ।
घलानको नेतृत्वमा १९ जना कार्यसमिति सर्वसम्मत चयन भएका छन् । घेदुङको उपाध्यक्षमा आत्मराम मोक्तान र माया घलानलाई चयन गरिएको छ । यस्तै, सचिवमा किरण बल, सहसचिव नवराज मुक्तान र कोषाध्यक्ष सुरेश लामालाई चयन गरिएको छ । घेदुङका अध्यक्ष घलानको सभाध्यक्ष तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यमा भेला भएको हो ।






