
मनहरी । नेकपा माओवादी केन्द्रको तीन महिने विशेष कार्यक्रम आजबाट सुरु भएको छ । देशै भरी विशेष गरि कार्यक्रमको उद्घाटन गरेको छ ।
जस अन्तर्गत केन्द्रको निर्देशन अनुसार मनहरी गाँउपालिकाको ९ वटै वडाहरुमा पनि विशेष कार्यक्रम गरि गद्घाटन गरिएको छ ।
गाँउपालिाकाको २ नं. वडामा माओवादी केन्द्र जिल्ला समान्वय समिति मकवानपुरका सचिवालय सदस्य तथा मनहरीका ईन्चार्ज राजकुमार पाख्रीनको प्रमुख आथित्यमा कार्यक्रम भएको छ ।

पाख्रिनले कार्यक्रममा सहभागी नेता तथा कार्यक्रममा सहभागीहरुलाई विशेष अभियानबारे प्रशिक्षण समेत दिएका थिए ।
त्यसै गरि गाँउपालिकाको ३ नं. वडामा माओवादी केन्द्र बागमती प्रदेश कमिटिका सदस्य लक्ष्मी माझीको प्रमुख अथित्यमा कायक्रम भएको थियो । भने जिल्ला समन्वय समिति सदस्य विज्ञान स्याङतानको विशेष उपस्थीती रहेका थिए ।
त्यसै गरि ४ नं. वडामा पार्टीैका गाँउ कमिटि अध्यक्ष रामप्रसाद कालाखेतीको प्रमुख आथित्यमा कार्यक्रम भएको थियो भने ५ नं. वडामा माओवादी केन्द्रका केन्द्रिय सदस्य घनश्याम दाहालको उपस्थीतीमा उद्घाटन कार्यक्रम भएके थियो ।

त्यसका साथै ६ नं. वडामा पनि विशेष कार्यक्रमकाचे उद्घाटन भएको छ । माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य सीता पुलामी मगरको प्रमुख आथित्यमा भएको थियो ।
साथै गाँउपालिकाको ८ र ८ नं. वडामा पनि विशेष अभियान कार्यक्रम भएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै वक्ताहरुको जनताको समस्यालाई शुक्ष्म ढंगले अध्यन गरि त्यसलाई पार्टीले प्रमुख एजेन्डा बनाई समाधान तर्फ जोड दिने प्रतिवद्धता जनाएका थिए ।







