समाचार

रेइवा इन्टरनेशनल एकेडेमीको सहयोगमा बाल विवाह बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न


राक्सिराङ । राक्सिराङ गाउँ पालिका वडा न.-३ मा रहेको सुर्योदय माविमा बाल विवाह बिरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

राक्सिराङ साप्ताहिकको आयोजना र रेइवा इन्टरनेशनल एकेडेमीको सहकार्यमा बिहिवार
विद्यालयका ११ र १२ कक्षामा अध्यनरत बिद्यार्थीहरुलाई समेटेर बाल विवाह बिरुद्ध सचेतना कार्यक्रम आयोजना गरिएको हो।

सहभागीहरुलाई पत्रकार शिवकुमार रिजालले सहजीकरण गरेका थिए ।

बाल विवाह गर्दा आइपर्ने सामाजिक तथा कानुनी समस्या का बारेमा सहभागिहरुलाई सहजीकरण गरेका थिए।

नेपालको कानुनले २० वर्ष नपुगी विवाह गर्दा विवाहलाई मान्यता नदिइ कानुन कठघरामा उभ्याउने भन्दै सहभागीहरुले उमेर नपुगी विवाह नगर्ने सहभागीहरुले प्रतिबद्धता जनाएका थिए ।

रेइवाको सहयोगमा यस अघि मनहरी गाउँपालिका -७ म मा रहेको राष्ट्रिय रोटरी मावि र मनहरी -८ मा रहेको महेन्द्र किरण माविमा र चितवन जिल्लाको विभिन्न स्थानमा सचेतना मुलक कार्यक्रमहरु सन्चालन गरिसकेको छ ।

रेइवा इन्टरनेशनल एकेडेमीले विशेष गरि उच्चा शिक्षा अध्यनका लागि जापान जाने बिद्यार्थीहरुलाई सहजीकरण गर्दै आइरहेको सस्थाका प्रबन्ध निर्देशक गोकर्ण अर्यालले जानकारी दिए ।

पश्चिम मकवानपुरको बिद्यार्थीहरुलाई केही वर्ष देखि एकेडेमीको शाखा मनहरी बजारमा स्थापना गरि जापानको विभिन्न शहरहरुमा रहेक कलेजहरु संग समन्वय गरि शैक्षिक परामर्श प्रदान गर्दै आइरहेको प्रबन्ध निर्देशक अर्यालको भनाई छ ।


कार्यक्रममा राक्सिराङ साप्ताहिका प्रकाशक ज्ञानेन्द्र तामाङ रेइवा ईन्टरनेसनलका प्रबन्ध निर्देशक गोकर्ण अर्याल ,हरि सिलवाल बिद्यालयका सहायक प्रधानाध्यापक सुरेन्द्र लामा कार्यक्रमका सहजकर्ता शिवकुमार रिजाल , पत्रकार जयराम मुक्तान लगाएतको उपस्तिथि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button