समाचार

जनयुद्ध  दिवसको अवसरमा हेटौंडामा दौड प्रतियोगिता  हुने

हेटौंडा । फागुन १ गते मनाइने जनयुद्ध दिवसको अवसरमा खुला दौड(म्याराथुन) प्रतियोगिता हुने भएको छ ।

आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पुर्व जनमुक्ति सेना नेपाल मकवानपुरका अध्यक्ष सुमन पाख्रीनले ३० औँ जनयुद्ध दिवसको अवसरमा पाँच किलोमिटर खुला दौड प्रतियोगिता गरिन लागेको बताए ।

१ गते विहान ७ बजे हेटौंडा बुद्धचोकदेखी भैरवरोड, चिसापानी लक्ष्मी विद्यालय, सर्यचोक, ब्रम्हदिक विद्यालय, नवोदय विद्यालय, थाहा चोक, शितलमहल चोक, ओम भवन हुँदै बुद्धचोक पुगेर दौड सकिने पाख्रीनले बताए ।

प्रतियोगितामा सहभागीले माघ ३० गते सम्ममा निशुल्क नाम दर्ता गराउनुपर्ने बताउँदै सहभागीलाई एक थान टिसर्ट उपलब्ध गराउने बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई पन्ध्र हजार, मेडल र प्रमाणपत्र, द्धितीयलाई दश हजार,मेडल र प्रमाणपत्र, तृतीयलाई पाँच हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष पाख्रीनले बताए ।

कार्यक्रममा सात जनालाई सान्त्वना पुरस्कार समेत प्रदान गरिने जनाइएको छ ।

प्रतियोगितामा एक लाख खर्च हुने अनुमान आयोजकको रहेको छ । पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य जीवन गोले, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइराला लगायतको उपस्थिती रहेको थियो ।

दौड प्रतियोगिता पुर्व जनमुक्ति सेना नेपाल मकवानपुर, वाईसियल नेपाल मकवानपुर, अखिल क्रान्किारी मकवानपुर र अखिल नेपाल खेलकुद महासंघ मकवानपुरले संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।

दौडको लागि नाम दर्ता गर्न गर्दोइमा रहेको माओवादी केन्द्र पार्टी कार्यालयमा सम्र्पक गरिनुपर्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button