समाचार

मनहरीका कोहि जनप्रतिनिधि अष्ट्रेलिया भ्रमणको चाजोपाजोमा व्यस्त, कोहि जनतालाई पानी खुवाउन जङ्गलमा व्यस्त


मनहरी । मनहरी गाउँपालिका वडा न.- २ का अध्यक्ष राजकुमार पाख्रीन शनिबारको बिदाको दिनमा समेत जनताको सेवामा तल्लिन देखिन्छ।

शनिबार बिहान ७ बजेनै उनि जनताको समस्या र समस्याको समाधनका लागि लागि मनहरी गाउँपालिकाकै सबै भन्द विकट मानिने भिमान पुगे ।

अरु बेला जनताको सेवामा प्राय वडा कार्यालय भेटिने वडा अध्यक्ष पाख्रीन शनिबार भने लामो समय देखि भिमानमा रहेको खानेपानीको समस्याको समधानका लागी आफै पानीको मुहान खोज्दै उक्त ठाउँको जङ्गलमा भेटिए ।

त्यस स्थानमा रहेको खानेपानीको समस्या दिगो रुपमा समाधानका लागि अध्यक्ष पाख्रीनले स्थानीय , वडा सदस्य र प्राविधिकको टोलिलाई दिन भरिनै साथमा लिएर भिमानको घना जङ्गल र बगरमा पानीको स्रोत (मुहान) खोज्दै हिडाए ।

शनिबारको दिनको बिदामा आफ्नो व्यक्तिगत काम र परिवारलाई दिनु पर्ने समय उनले जनताकै सेवामा बिताए ।

निर्वाचनको बेलामा जनताले आफुलाई विस्वास गरेकाले अबको समय जनता सेवामा अगाईने अध्यक्ष पाख्रीनले बताए ।

यस अघि उनले ट्याङकारमा पानि बोकेर जनतालाई खाने पानि खुवाएका थिए ।

अन्य केहि जनप्रतिनिधि भने जनताको कामलाई थाती राखेर अनावश्यक रुपमा अष्ट्रेलिया भ्रमणको तयारिमा रहेका छन ।

अष्ट्रेलियामा हुने मेयर समिटमा मनहरी गाउँपालिका बाट आवश्यकता भन्दा बढि केहि कर्मचारी र वडा अध्यक्षहरु कार्यापालिकाको बैठक बाटै निर्णय गराएर केहि हप्ताका लागि उड्दैछन।
अरु अस्ट्रेलिया भ्रमणको चाजोपाजो मिलाईरहेको बेलामा वडा अध्यक्ष पाख्रीन भने जनतालाई पानी खुवाउन जङ्गलमा भेटिएका थिए ।

त्यस स्थानमा रहेको करिब २० घर परिवारले हाल २ घन्टाको पैदल यात्रा गरि पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट खाने पानी ओसार्नु पार्ने बध्यता छ ।

वर्खाको समयमा खाने पानीको केहि राहत मिले पनि अन्य समय उक्त क्षेत्रमा हाहाकारनै हुने गरेको स्थानियहरु बताउँछन् ।

चालु आर्थिक वर्षमा भिमानमा खाने पानीको व्यवस्थापनका लागि ५ लाख रुपियाँ बजेट छुट्याइएको अध्यक्ष पाख्रीनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button