
मनहरी । मनहरी गाउँपालिका वडा नं.–७ मा रहेको बुद्धशान्ति हरित पार्क क्षेत्र भित्र निर्माण सम्पन्न ह्याङला सोनाम ल्होछार धिमको उद्घाटन गरिएको छ ।
मंगलबार एक कार्यक्रमको आयोजना गरि निर्माण सम्पन्न धिमको मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले उद्घाटन गरेका हुन ।
तामाङ समुदायले प्रत्येक वर्ष उक्त स्थानमा मनाइदै आइरहेको सोनाम ल्होछार पर्वलाई थप व्यवस्थीत गर्न निर्माण गरिएको उक्त धिमलाई मनहरी गाउँपालिकाले रु १० लाख बजेट विनियोजन गरेको थियो ।
धिमको निर्माण सम्पन्न भए संगै प्रत्येक वर्ष मनाइदै आइरहेको सोनाम ल्होछार पर्व थप व्यवस्थीत भएको निर्माण समितिका अध्यक्ष सुरेशकुमार मोक्तानले बताए ।
भोलि देखि सुरु हुने ल्होछार विशेष कार्यक्रम पनि उक्त स्थानमा हुने छ । निर्माण समितिका अध्यक्ष सुरेश कुमार मोक्तानको अध्यक्षतामा भएको कार्यक्रम गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरको प्रमुख आतिथ्यतामा भएको थिया ।
साथै समाजसेवी विर बहादुर घलान(ज्वाला) समाजसेवी पदम बहादुर तितुङ, खुसीलाल मोक्तान , लगाएत बिभिन्न व्यक्तिहरुको उपस्तीथी रहेको थियो ।






