
मनहरी । राष्ट्रिय बाल दिवसको अवसरमा मनहरीमा हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ ।
मंगलबार बालअधिकार समिति मनहरीको बैठकले उक्त निर्णय गरेको हो ।
मनहरीमा रहेको सबै विद्यालयहरुलाई समेटेर प्रतियोगिता गर्ने निर्णय गरेको बाल अधिकार समिति मनहरीका संयोजक तथा गाउँपालिकाका उपाध्यक्ष सीता पुलाली मगरले जानकारी दिए ।
भदौ २९ गते राष्ट्रिय बाल दिवसको दिन प्रत्येक वडामा वडा स्तरीय बाल अधिकार समितिको समन्वयमा प्रतियोगिता संचालन गर्ने भएको छ ।
उक्त प्रतियोगितामा छनौट भएका समुहहरुलाई दोस्रो चरणको गाउँपालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा समावेस गरि प्रतियोगिता संचालन गर्ने छ ।
पालिका स्तरीय प्रतियोगिताको मिति छिट्टै तोकिने जनाएको छ ।
प्रतियोगितामा प्रथम , द्वितीय , तृतीय र सानत्वाना समुहलाई नगद पुरस्कार प्रदान गरिने जनाएको छ ।






