
मनहरी । मनहरी गाउँपालिका र सिविन नेपाल मकवानपुरले संयुक्तरुपमा निर्माण गरेको बिद्यालय बाल संरक्षण निति हस्तान्तरण गरिएको छ । बिहिबार मनहरी–३ स्थित लामीटारमा रहेको सभाहलमा एक कार्यक्रमको आयोजना गरि ९ वटा बिद्यालयलाई बाल संरक्षण निति हस्तान्तरण गरिएको हो ।
मनहरी गाउँपालिकाको शिक्षा शाखासंगको समन्वयमा बालबालिका क्षेत्रमा लामो समय देखि काम गर्दै आइरहेको सिविन नेपाल मकवानपुरले निर्माण गरेको निति गाउँपालिकाको ५ वटा वडामा रहेको आधारभुत र माध्यामिक बिद्यालयहरुलाई गरि ९ वटा बिद्यालयलाई समटेर निति निर्माण गरेको थियो ।
निति पुस्तिका ग्रहण गर्दै बिद्यालयहरुले पौष महिना भित्रमा लागु गरि सक्ने बिद्यालयहरुले प्रतिबद्धता जनाएको छ । मनहरी गाउँपािलका वडा नं.–१ म रहेको बाल जिवन ज्योति मावि र जनज्योती आधारभुत बिद्यालय, मनहरी –३ मा रहेको महेन्द्र ज्योती मावि, प्रजा आधारभुत बिद्यालय, वडा नं.–५ मा रहेको भोजसिद्ध मावि, वडा नं.–७ मा रहेको राष्ट्रिय रोटरी मावि , ब्रह्मकाली आधारभुत बिद्यालय, राष्ट्रिय मावि रमनटार र मनहरी –९ मा रहेको युवा वर्ष आधारभुत बिद्यालय लगाएतका बिद्यालयहरुले गाउँपालिकाको शैक्षिक गुणस्तर बृद्धी र बालबालिकाहरुको स्तरिय शिक्षाका लागि नितिलाई अक्षरस पालना गर्ने प्रतिबद्धता जनाएको थियो ।
निति निर्माणका लागि सिविन नेपाल मकवानपुरले पहिलो चरणमा ९ वटै बिद्यालयका प्रधानाध्यापक , बिद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु त्था सरोकारवालाहरुलाई समेटेर ४ दिने तालिम समेत सञ्चालन गरेको थियो । साथै दोस्रो चरणमा सिविन र गाउँपालिकाको प्रतिनिधिहरु प्रत्येक बिद्यालयमै पुगी अभिभावक , बिद्यार्थी र शिक्षकहरुसंग अन्तरक्रिय , छलफल र सुझाव संकलन गरि नितिको पहिलो प्रारुप तयार पारिएको थियो ।
सम्बन्धित सबैको सुझावको आधारमा प्रत्येक बिद्यालयहरुको फरक–फरक अवस्थालाई समेटेर सिविन नेपालको विषय विज्ञहरुले नितिलाई अन्तिम रुप दिई बिहिबार हस्तान्तरण गरिएको थियो ।

निति हस्तान्तरण गर्दै मनहरी गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले बिद्यालय शिक्षा नितिले गाउँपालिकाको शैक्षिक क्षेत्रको आमुल परिवर्तन हुनेमा विश्वास व्यक्त गरे । नितिलाई सफल बनाउ अभिभाव र बिद्याथीहरुको ठुलो भुमिका हुने भएकाले सबैको सहयोगको आवश्यक रहेको बताए ।
त्यसै गरि गाउँपालिकाको शिक्षा शाखा प्रमुख प्रदिप परीलीले बिद्यालयहरुले प्रतिबद्धता अनुसारनै निति लागु गर्नेमा कुनै शंका नरहेको बताए । बिद्यालयहरु स्वयम निति निर्माणमा प्रत्यक्ष सहभागी भएको पराजुलीको भनाई थियो ।
त्यसै गरि सिविन नेपाल मकवानपुरका प्रबन्ध झबिन्द्र ज्ञवालीले निति कार्यन्वयन बारे गाउँपालिकासंग समन्वय गरेर अनुगमन गरिने बताए । कार्यक्रममा सिविन नेपालको तर्फबाट विषय विज्ञ भरत अधिकारीले बिद्यालयका प्रधानाध्यापक र अध्यक्षहरुलाई नितिबारे सहजीकरण गरेका थिए ।







