
मनहरी । मनहरी गाउँपालिका वडा न.-६ मा रहेको डिपाड सामुदायिक वन उपभोक्ता समुहले आज देखि प्राङगारिक मल उत्पादन सुरु गरेको छ ।
गत आर्थिक वर्ष राप्ती डिभिजन वन कार्यालय मनहरीले ५ लाख र सामुदायिक वनको ४ लाख४० हजार ७ सय रुपियाँ गरि कुल ९ लाख ४0 हजार ७ सय रुपियाँ को लागानीमा खरिद गरिएको मल उत्पादन गर्ने मेसिनको आज एक कार्यक्रमको आयोजना गरि राप्ती डिभिजन वन कार्यालयका प्रमुख हेम थापाले उद्घाटन गर्दै मल उत्पादन सुरु गरिएको हो ।
जंगलमा खेर गइरहेको विभिन्न किसिमका पत्कार र झारपातहरु लाई संकलन गरि मेसिनमा पेलेर मल उत्पादन गरि उपभोक्ताहरुलाई वितरण गर्ने योजना रहेको वन समुहका अध्यक्ष डम्बर बहादुर मुक्तानले जानकारी दिए ।
समुहले प्रति घन्टा १ टन मल उत्पादन गर्ने क्षमताको मेसिन जडान गरिएको छ । उपभोक्तालाई वितरण गरि बाकी बसेको मल बजारमा पनि बिक्री वितरण गर्ने योजना रहेको अध्यक्ष मुक्तानले जानकारी दिए ।
रासायनिक मलले भन्दा प्राङगारिक मलले उत्पादनमा वृद्धि हुनुका साथै उत्पादित बस्तुहरु स्वास्थ्यक हिसाबले राम्रो हुने भएकाले प्राङगारिक मल उत्पादनमा जोड दिएको अध्यक्ष मुक्तानले जानकारी दिए ।
कार्यक्रममा मनहरी सव- डिभिजन वन कार्यालयका वन अधिकृत डटेन्द्र गोले समाजसेवि वसन्त लामा लगायतक विभिन्न व्यक्तिहरुको उपस्थित रहेको थियो ।
कार्यक्रम वन समुहका अध्यक्ष डम्बर बहादुर मुक्तानको अध्यक्षतामा भएको थियो ।






