समाचार

चेपाङ समुदाय माथि राज्यले बिभेद गरेको राजेन्द्र महतोको आरोप

राक्सिराङ । राष्ट्रिय मुक्ति क्रान्ति अभियानको सुरुवात गरेका नेता राजेन्द्र महतोले चेपाङ समुदायमाथि राज्य सत्ताले अन्याय गरिरहेको बताउनुभएको छ ।

चेपाङ समुदायलाई राज्यको नेतृत्व तहमा पुग्नबाट रोकेर अस्तित्व मेटाउने खेलमा लागिरहेको नेता महतो भनाई छ ।
मंगलबार राक्सिराङ गाउँपािलका वडा नं.–३ पलाँसेमा आयोजित राष्ट्रिय मुक्ति क्रान्ति वृहत सम्बादात्मक कार्यक्रममा बोल्दै नेता महतोले देश अहिले पनि एउटै समुदाय र जाति र वर्गको कब्जामा रहेको भन्दै राज्यका सबै वर्ग, समुदाय, जनजातिलाई राज्यसञ्चालनको अवसरबाट बञ्चित गराइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सबै नेपालीको देश बन्नका लागि बहुल राष्ट्रिय राज्यको रुपमा स्थापित हुनु आवश्यक छ’ महतोले अगाडि थप्नुभयो, – ‘अहिले नेपाल एकल राज्यको रुपमा स्थापित छ, सबै राष्ट्रियता तथा सबै अधिकारवादी र पहिचानवादीहरुको देश बनाउनका लागि एकत्रित रुपमा अन्दोलन गर्नु अहिलेको आवश्यकता छ ।’

नेता महतोले अहिले अधिकारवादी तथा पहिचानवादीहरु एकत्रित हुनु आवश्यक रहेको बताउनुभयो ।

अहिले सबैको पहिचान नै मेटाइदिने काम भइरहेको भन्दै कस्तो देश चलाउने खोजेको हो भन्ने प्रश्न गर्नुभयो ।

यो देश चेपाङसमुदायको पनि हो चेपाङ समुदाको पहिचान किन मेटाउन खोजिँदैछ रु चेपाङ समुदायलाई राज्यसत्तामा किन जान रोकिँदैछ भन्नुभयो । यस विषयमा सचेत नहुने हो भने अहिलेको राज्यसत्ताले चेपाङलगायतका समुदायको हाम्रो पहिचान मेटिदिने बताउनुभयो ।

उपनिवेश बनाएर शासन चलाउने काम भइरहेको भन्दै नेता महताले औपनिवेशिक चिन्तनबाट शासन चलाउने सीमान्तकृत समुदायलाई दास बनाउने यसरी शासन चलाएर कहिलेसम्म चल्छ रु उहाँले प्रश्न गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button